अत्तरिया – डोटीमा पहिलो पटक कपडा बैंकको स्थापना गरिएको छ । जिल्लाको शिखर नगरपालिका – २ कालागाडमा पहिलो पटक कपडा बैंक स्थापना गरिएको हो ।
‘भएको दिएर जाउँ, चाहिएको लगेर जाउँ’ भन्ने मुल नाराका साथ स्थापना गरिएको उक्त कपडा बैंकको सहयोगले कसैलाई राहत पुग्ने नगरप्रमुख दीर्घबहादुर बलायरले बताए । उनले कपडा बैंकमा जम्मा भएका कपडाले जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई सहयोग हुने समेत बताए ।
उनले पुराना कपडा व्यवस्थापन गर्न चाहने र नयाँ कपडा किन्न नसक्नेहरु दुवैलाई कपडा बैंकले सहज हुने बताए । कपडा बंैकमा लुगासँगै जुत्ता, चप्पल, खाद्यान्न पनि सहयोग गर्न सकिने उनको भनाई छ ।
कपडा बैंकमा एक महिनाको अवधीमा १२ जनाले कपडा जम्मा गरेको र सो बाट ३२ जनाले कपडा लगेको बताईएको छ ।