डोटीमा जिप चालक र मोटरसाइलमा सवार केटाहरुबिच झगडा, एक घाइते

अत्तरिया- डोटीमा जिप चालक र मोटरसाइलमा सवार केटाहरुबिच झगडा भएको छ । प्रहरीका अनुसार बुडर नजिकै भीमदत्त राजमार्गमा म१च ६३० नम्बरको जिपका चालक र म३प १५०० नम्बरको मोटरसाइकलमा सवार केटाहरुबिच झगडा भएको हो ।

maya metro hospital

जिपका चालकसहित दुई र मोटरसाइकलमा पनि दुई जना सवार रहेका बताइएको छ । उनीहरुबिच वादविवाद भई झगडा हुँदा मोटरसाइकलमा सवार जोरायल गाउँपालिका-१ का २६ वर्षीय रमेश भारती घाइते भएका डोटी प्रहरीले बताएको छ ।

उनको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । वादविवादका क्रममा धक्कामुक्का हुँदा रोडमा लडेर भारती घाइते भएका उनले बताए । जिपका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ का मोहन विष्टसहित ३ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । झगडाको कारण भने खुलेको छैन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.