खाेज्नुहाेस

अत्तरियामा ग्लोबल बैंकको विद्यार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम

Image

अत्तरिया- ग्लोबल आईएमई बैंक अत्तरिया शाखाले एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिबिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई सो कार्यक्रम सञ्चालन गरेको हो ।

navjiwan hospital

युवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वित्तीय जालसाजीको बारेमा सचेत गराउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

attariya hospital

कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।

No description available.