अत्तरिया उद्योग वाणिज्य संघको टिकट विक्री आम्दानी दोब्बरले बढ्यो 

maya metro hospital
अत्तरिया – अत्तरिया उद्योग वाणिज्य सँघले आयोजना गरेको महोत्सवमा टिकट बिक्रिबाट हुने आम्दानी दोब्बरले बढेको छ । नक्कली टिकट छापेर अत्तरिया उद्योग वाणिज्य संघको आम्दानी चुहावट भइरहेको आशंकका बीच यस पटक आम्दानी बढेको हो । गत वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवमा टिकट विक्रिबाट २४ लाख ४४ हजार आम्दानी भएकोमा यो वर्ष बढेर ५३ लाख ६८ हजार ५५० पुगेको हो ।
attariya hospital
मंगलबार महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलनमा संघले यो वर्ष २३ लाख ९८ हजार ७० रुपैयाँ नाफा गरेको जनाएको छ । गत वर्ष आयोजना गरिएको महोत्सवमा संघले १० लाखको हाराहारीमा नाफा कमाए थियो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका कोषाध्यक्ष हेमराज भण्डारीले महोत्सवमा ९० लाख ३० हजार ४ सय १० रुपैयाँको कारोबार भएको बताए । जसमा प्रयोजक वाफत ११ लाख, गेट प्रायोजकबाट ३ लाख ३९ हजार ७५०, व्यानर प्रायोजकबाट ४ लाख २ हजार ३१०, थारु गाँउबाट २ लाख ५० हजार, रमाइलो मेलाबाट ६ लाख आम्दानी भएको जनाइएको छ । त्यस्तै सिजनल टिकटबाट ७६ हजार ८ सय, स्टल भाडाबाट ७ लाख ३४ हजार ५ सय, प्रवेश टिकट आम्दानीबाट ५३ लाख ६८ हजार ५५० र धरौटी १ लाख ५३ हजार ५ सय र अन्य ५ हजार रहेको कोषाध्यक्ष भण्डारीले बताए ।
उनले महोत्सव सञ्चालनका लागि ६६ लाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको बताए । जसमा कलाकारको खर्च १७ लाख ३८ हजार ८ सय, टेन्ट खर्च ८ लाख ७५ हजार, प्रिन्टिङ खर्च ६ लाख ८४ हजार ७२६, अतिथि सत्कार, उद्घोषक खर्च २ लाख ६५ हजार ८ सय, आयोजक खाना खर्च २ लाख २७ हजार ४७६ भएको जनाइएको छ ।
त्यस्तै प्लेन टिकट २३ हजार ७ सय, ¥याली खर्च १ लाख ३८ हजार, डान्स क्लव÷निर्णायक ७० हजार, मञ्च व्यवस्थापन ४० हजार, पुरस्कार विद्यालय २३ हजार ४४४, फुल माला ३४ हजार ९ सय, वाद्यवादन ४५ हजार, टिकट काट्ने वाफत ८० हजार, यातायात खर्च १ लाख ८५ हजार ८१२, सामान ढुवानी ९ हजार ४६०, यर्न एम्प्लीफायर खरिद मर्मत २६ हजार ५ सय, कलाकार खाना नास्ता १ लाख ९१ हजार ३२५, सुरक्षा निकाय नास्ता २ लाख ३२० खर्च भएको जनाईएको छ ।
त्यस्तै ब्लड बैंक सहयोग ६० हजार, कृषि पैदर्शनी पुरस्कार १० हजार, क्यामेरा १८ हजार, पत्रकार खर्च १० हजार ५ सय, सहयागी ज्याला १ लाख ४ हजार १ सय, अटो प्रचार १ लाख ८ हजार २५०, मञ्च सजावट १७ हजार, पोसाक खर्च १ लाख २७ हजार २ सय खर्च भएको जनाइएको छ । महोत्सवमा मिडिया प्रचारप्रसार खर्च २ लाख ७३ हजार ४ सय खर्च भएको जनाइएको छ । बाँकी स्टेसनरी लगायतका अन्य खर्च रहेका छन । महोत्सवको १५ लाख ३५ हजार १३७ रुपैयाँ उठाउँन बाँकी रहेको र, ५ लाख ८७ हजार २६१ तिर्न बाँकी रहेको जनाईको छ ।
संस्थाका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले महोत्सव सम्पुर्ण क्षेत्रको सहयोगबाट सफल भएको बताए । उनले महोत्सव आयोजनाबाट धेरै कुरा सिकाई भएको बताए । उनले संघलाई सहि सिस्टममा ल्याउन पनि आफूहरु सफल भएको बताए ।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै प्रहरीमा उजुरी परेपछि हाल अनुसन्धान जारी रहेको छ ।
lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.