
काठमाडौँ- पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । कास्कीको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पोखरा महोत्सवको अवसरमा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुककै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ ।


















