कञ्चनपुर – कच्चा पदार्थ नपाउँदा महाकाली उखु मिल बन्द हुने अवस्थामा पुगेको छ । बेलौरी स्थित महाकाली सुगर इण्ड्रटिज प्रालि कच्चा पदार्थ उखु नपाउँदा बन्द हुने अवस्थामा पुगेको हो ।
मिलले उखु प्रयाप्त मात्रा आपूर्ति नआएकोले मिल बन्द गर्ने अन्तिम सूचना समेत जारी गरिसकेको छ । चैत्र ५ गते देखि मिल बन्द हुने भन्दै मिलले कही कतै उखु बाँकी भए मिलमा सप्लाइ गर्न किसानहरुलाइ सूचित गरेको छ ।


‘दुइ पटक सूचना गर्दा समेत मिलमा प्रयाप्त मात्रामा उखु आपुर्ति नआएको र पटक पटक लामो समय सम्म नो केन भइ रहेकाले अब यस क्षेत्रमा खडा उखु नरहेको कुरा सम्बन्धित क्षेत्रमा फिल्ड कर्मचारीहरूबाट जानकारी हुन आएकोले अब पनि जो कसै किसान दाजु भाईहरू संग बिउ बाहेक खडा रहेको उखु चैत्र ५ गते राती १२ बजे सम्म काटी मिलमा सप्लाई गरि सक्नु हुन अनुरोध गरिन्छ’ उखु मिलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उखु मिलले नो केन हुदा फागुन २८, चैत्र १ मा दुई पटक सूचना जारी गरेको थियो । शनिबार मिलले अन्तिम पटक तेस्रो सुचना जारी गरेको हो । यहीँ मंसिर पहिलो हप्ता देखि महाकाली सुगर मिलले उखु पेल्न शुरु गरेको थियो ।
पौषको अन्तिम तिरबाट मिलमा उखु अभाव हुँदै आइरहेको थियो ।

















