खाेज्नुहाेस

कैलालीका ३३ उद्योगलाई अनुदान दिइने

Image

धनगढी – कैलालीका ३३ उद्योगलाई प्रति उद्योग ३ देखि ५ लाख अनुदान दिइने भएको छ । जिल्लाका १० प्रदेश निर्वाचन क्षेत्रबाट ३–३ उद्योग छनोट गरि अनुदान दिन लागिएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ अन्तर्गत उद्योगलाई अनुदान दिन लागिएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

उक्त अनुदान उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा कार्यान्वयन गरिने जनाइएको छ ।