
कञ्चनपुर – कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरु भएको छ । प्रादेशिक सरकार मातहत रहेको उक्त अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा दिन थालेका हुन ।
यो संगै महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या १३ पुगेको छ । यद्दपी अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको छ ।
