काठमाडौँ- शुक्रवार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हिजो जस्तै १ लाख १८ हजार रुपैयाँ रहेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।