बझाङको मष्टामा आँखा शिविर, २३ जनामा मोतीविन्दु पाइयो

बझाङ- बझाङको मष्टा गाउँपालिकामा सञ्चालित आँखा शिविरमा १ सय ३५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा वडा नम्बर १ स्थित कोटदेवल स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो ।

maya metro hospital

शिविरमा ७६ जना महिला र ५८ जना पुरुष गरी १३५ जनाले सेवा लिएका हुन् । उनीहरुलाई आँखा चेकजाँच गरी निशुल्क औषधि वितरण गरिएको बताइएको छ । शिविरमा २३ जनालाई मोतीविन्दु भएको पाइएको छ । शिविरबाट छानिएका मोतीविन्दुका बिरामीको जिल्ला अस्पताल बझाङमा शल्यक्रिया गरिने जनाइएको छ ।

lotus school

अब फागुन ९ गते मष्टा स्वास्थ्य चौकी, १० गते भातेखोला स्वास्थ्य चौकी र ११ गते रिलु स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.