नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।

हिजो आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो ।


















