काठमाडौँ- सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।