डोटीको एक यस्तो वडा कार्यालय : सेवाग्राहीले जुन समयमा गए पनि पाउँछन् सेवा

डोटी – डोटीको आदर्श गाउँपालिकाको एक वडाले चौबिसै घण्टा सेवा दिइरहेको पाइएको छ ।

maya metro hospital

अन्य वडा कार्यालयमा कर्मचारी समयमा नआएर सेवाग्राहीलाई सास्ती पाइरहेको समाचार सुनिरहदा डोटीको आदर्श गाउँ पालिका वडा नम्बर ६ ले भने नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको पाइएको हो ।

आदर्श गाउँपालिकाकै विकट मानिने ६ नम्बर वडाले त्यहाँका नागरिकलाई आबश्यक परेको समयमा कार्यालयले सेवा दिने गरेको वडाका सचिव श्याम सिंह धामीले बताए । सचिव धामीका अनुसार दुरीको हिसावले ६ नम्बर वडा निकै दुर्गम भएको र पालिका तथा जिल्ला प्रशासन लगाएत अन्य कार्यालय जान बिहानै जानू पर्ने भएकोले पनि सेवाग्राही कार्यालय बिहानै पुग्ने गरेको बताए । वडा कार्यालयले आफ्नो आवासको ब्यबस्था वडा कार्यालयमा नै ब्यवस्था गरिदिएकोले पनि जतिबेला सेवाग्राही आएपनि सेवा दिन सहज भएको बताए ।

attariya hospital

दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका वडा अध्यक्ष लाल बहादुर खडायतले आफ्नो वडाले चार बर्ष देखि नै सेवा ग्राहीलाई चौबिसै घण्टा सेवा दिइरहेको बताए ।

अध्यक्ष खडायतका अनुसार आदर्श गाउँ पालिका कै भौगोलिक हिसाबले विकट वडा भएको र सेवाग्राहिले थप सेवा लिन धेरै टाढा जानू पर्ने भएकोले बिहानै देखि सेवा दिन थालिएको बताए ।

दियालोखबरको टिम साझको ६ बजे वडा कार्यालय पुगेको थियो सोही समयमा पनि कार्यालयले सेवाग्राहीलाई सेवा दिइरहेको देखे पछि सोधपुछ गर्दा अध्यक्ष खडायतले यस्तो बताएका हुन । साझको ६ बजे पनि सेवा पाइरहेका सेवाग्राही झिंगडा बस्ने ललिता अधिकारीले वडा कार्यालयले जुनसुकै समयमा आए पनि आफुहरुलाइ सेवा दिने गरेको बताए ।
अधिकारीले सरकारी कार्यालयको बन्द हुने र खुल्ला हुने समय थाहा भएतापनी वडाले आफुहरुलाई जहिले आए पनि काम गरिदिने भएकाले फुर्सद मिलाएर साझ पख सेवा लिन आएको बताए ।

स्थानीय नागरिकले पनि वडाले सबै सेवाग्राहीलाई परेको बेला जुनसुकै समयमा सेवा दिने गरेको बताएका छन् । स्थानिय पदम खडायतले वडाले धेरै पहिले देखि नै वडाको नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको बताए ।

वडाले यस्तो सेवा दिदा यहाँका नागरिकलाई बिहान गाउँपालिका तथा जिल्ला प्रशासन गएर साझ घर फर्किन सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.