
काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । ग्यासको मुल्य भने यथावत रहेको छ ।



















