बैतडी- बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर छात्र दौडमा मेलौली नगरपालिका प्रथम भएको छ ।
मेलौलीका सुरेश विष्टले प्रथम भएका हुन् । उनले नगरपालिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । प्रतियोगिता मेलौलीमा आजदेखि सुरु भएको हो ।