कैलालीको कैलारीमा १५ शय्याको अस्पताल बन्दै

कैलाली- कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । पालिकाको वडा नम्बर ५ बैजपुरमा अस्पताल निर्माण भइरहेको हो ।

maya metro hospital

गाउँपालिकाका इन्जिनियर भरत चन्दले अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको बताए । उनले चैतभित्र हस्तान्तरण गरेर चालु आर्थिक वर्षको मसान्तबाट अस्पताल सञ्चालनको लक्ष्य रहेको बताए ।

अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता भएको थियो । अस्पताल भ्याटसहित १८ करोड ५२ लाख लागतमा सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.