धनगढीमा भन्सार छलीका सामानसहित महिला पक्राउ

धनगढी- धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट भारतबाट भन्सार छली ल्याएका ३३ हजार ३ सय मूल्यका सामानसहित सोही ठाउँ बस्ने ४० वर्षीया तारादेवी कामी पक्राउ परेकी हुन् ।

maya metro hospital

उनलाई चिनी, बिडी, सुर्ती, गोल्डि मसाला, सुपारी, दुध पाउडर, आन्टी लगायतका सामानसहित प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

यस्तै, धनगढी२ ट्राफिक चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ३२ हजार मूल्यको प्याज, चिनी, पानिपुरी, सरफ, पास्ता, अचार लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.