
कञ्चनपुर- कञ्चनपुरमा डेढ क्विन्टल अवैध कुखुरा बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका-१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइएको डेढ क्विन्टल (१५० किलो) ब्रोइलर कुखुरा बरामद गरिएको हो ।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)ले मंगलबार राति उक्त परिमाणमा कुखुरा बरामद गरेको बताइएको छ । बरामद कुखुरा आवश्यक कारबाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ ।















