खाेज्नुहाेस

महावीर पुन किताब बेच्न आज दोधरा चाँदनी जादै

Image

अत्तरिया – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन किताब बिक्रि गर्ने क्रममा आज कञ्चनपुरको दोधरा चाँदनी जाँदै छन । उनी आफ्नो आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री गर्ने क्रममा आज दोधरा चाँदनी जान लागेका हुन ।

navjiwan hospital

यसअघि आज महावीर पुन अत्तरिया आउने कार्यक्रम रहे पनि स्थगित भएको छ । उनी भोलि पनि महेन्द्रनगरमै किताब बेचेर पर्सी मात्रै अत्तरिया आउने जनाइएको छ ।

attariya hospital

यसअघि बैतडीबाट महेन्द्रनगर जाने क्रममा माघ २१ गते महावीर पुनले अत्तरियामा केही समय किताब बिक्री गरेका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि पूर्वपश्चिम महाअभियानमा निस्किएका पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने पुस्तक बिक्री गर्न लागेका बताएका छन ।