अत्तरिया– कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु वृक्षारोपण गरिएको छ । गोदावरी नगरपालिकाले मंगलबार झाडी सरसफाई सहित सो क्षेत्रमा वृक्षारोपण गरेको हो ।

विश्वविद्यालय परिसरका केही क्षेत्रमा आँप, लिचि, कागती, समी लगायतका विरुवाहरु रोपिएको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । उनले अस्पताल प्रशासन सँगको समन्वयमा विश्वविद्यालयको मैदान क्षेत्रलाई अफ्ठ्यारो नपर्ने गरी विरुवाहरु लगाईएको बताए । ‘झाडी सरसफाईको साथसाथै भोलीको दिनमा सो क्षेत्रलाई हराभरा पनि बनाउनुपर्ने थियो’ उनले भने ‘त्यसैले अस्पताल प्रशासनसँगकै समन्वयमा अफ्ठ्यारो नपर्ने क्षेत्रहरुमा फलफुल तथा अन्य विभिन्न प्रकारका बोटविरुवाहरु वृक्षारोपण गरिएको हो ।’

नगरपालिकाले मंगलबार विश्वविद्यालय परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघ, बडेहा विजौरा खानेपानी समिति लगायत विभिन्न संघसंस्थाहरु सहभागि थिए । सरसफाई कार्यक्रम पश्चात नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु विश्वविद्यालय परिसरमा रोपिएको थियो ।



















