खाेज्नुहाेस

गौरीगंगामा निशुल्क रेविज खोप शिविर आयोजना

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – १० उदासिपुरमा निशुल्क रेविज खोप तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) को आयोजना गौरीगंगा नगरपालिका–१० संगको समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बवज्ञ केन्द्र धनगढीको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

शिविरमा १२० वटा घर पालुवा तथा सामुदायिक कुकुरहरुलाई रेबिज बिरुद्ध भ्याक्सिन गरिएको थियो । भ्याक्सिनेसन कार्यक्रम नगर भित्रका सम्पूर्ण वडाहरुमा संचालन गरिने नेल्टाका प्रदेश सचिव हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

नेल्टाका सुदूर पश्चिम् प्रदेश कार्यसमिति सचिव जोशीको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका उप–प्रमुख भोज बहादुर बम, विशिष्ट अतिथि गौरीगंगा नगरपालिका–१० का वडा अध्यक्ष नार सिं सार्की, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय प्रमुख डा.हेम अवस्थी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर उप–प्रमुख बमले नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप कार्यक्रमलाई बजेट नीति तथा कार्यक्रममै राखेर काम गरिरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय प्रमुख अवस्थीले घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेको कारणले रेबिज बिरुद्धको खोप संचालन गरिएको बताए ।

उक्त कार्यक्रमको संचालन नेल्टा सदस्य सत्यराज जोशीले गरेका थिए ।