कैलालीमा खैरो हिरोइनसहित तीन जना पक्राउ

कैलाली- कैलालीमा लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)सहित सोही ठाउँका २८ वर्षीय विपिन मल्ल र धनगढी-३ का ३२ वर्षीय रुपेश विक आइतवार पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुले मोटरसाइकलको डिग्गीमा लुकाएको अवस्थामा लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै, जानकी गाउँपालिका-१ मिलन चोकबाट १३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २४ वर्षीय पदम खत्रीलाई पनि आइतवार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.