कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ पक्राउ परेका छन् । अवैध कोडिन नामक १०० एमएलको ५ बोतल लागुऔषधसहित शुक्लाफाँटा नगरपालिका-१० झलारीका २१ वर्षीय निर्मलकुमार सुनार र पुनर्वास नगरपालिका-७ का ३० वर्षीय बलराम सुनार पक्राउ परेका हुन् ।

उनीहरुलाई दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलबाट आइतवार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ । मोटरसाइकलभित्र लुकाइराखेको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
