खाेज्नुहाेस

सुन व्यवसायीमाथि गोली प्रहार

Image

नवलपरासी पश्चिम- सुस्ता गाउँपालिका-१ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका सञ्चालक ६२ वर्षीय गजेन्द्र विकमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका-४ देविनगर बस्ने उनीमाथि शनिबार साँझ गोली प्रहार भएको हो ।

navjiwan hospital

पसल बन्द गरी लु ४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट-१६ कुकुरमारा नजिकै नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले उनीमाथि गोली प्रहार गरेको भन्ने खबर इलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो ।

add everest academy
attariya hospital

प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेकोमा उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देही हुँदै पुनः थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

गोली प्रहार गर्नेहरुको खोजी भइरहेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।