डोटीमा घाँस काटिरहेकी महिलामाथि भालुको आक्रमण, धनगढी रिफर

डोटी- डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार आदर्श गाउँपालिका-२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

maya metro hospital

उनलाई घर नजिकैको जङ्गलमा घाँस काटिरहेका बेला बोहरालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए । घाइते बोहरालाई मौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.