महामन्त्री गगन थापा कञ्चनपुर आउँदै

कञ्चनपुर – ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत पार्टीका महामन्त्री गगन कुमार थापा कञ्चनपुर आउने भएका छन । नेपाली कांग्रेसले माघ १६ गते देखि संचालन गरेको समुदायमा कांग्रेस अभियानका क्रममा नेपाली महामन्त्री थापा माघ २७ गते कञ्चनपुर आउन लागेको नेपाली कांग्रे कञ्चनपुर जिल्ला समितिले जनाएको छ ।

maya metro hospital

महामन्त्री थापा कञ्चनपुर पुग्ने बित्तिकै पुर्नवास स्थित सहिद गोबिन्द गौतमका परिवारलाई भेट्ने कार्यक्रम छ । त्यसपछि बेलौरीमा खुल्ला सम्बाद कार्यक्रममा सहभागि भएर बेदकोटमा जनप्रतिनिधि संग सम्वाद कार्यक्रम राखिएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भिम राज भट्टले बताए ।

उनको यात्रा माघ २७ गते साझ गड्डाचौकीमा राखिएको उनले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.