अपि सैपाल सहकारीको साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा संस्थाकै संस्थापक अध्यक्ष मेघराज भट्ट रहेका थिए ।

maya metro hospital

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्रीले प्रस्तुत गरेका थिए । खत्रीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ७ लाख ९१ हजार ८७९ रुपैयाको कारोबार गरेको छ । जसवाफत संस्थाले ११ लाख ११ हजार ३४३ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

१ हजार ५ सय शेयरसदस्य रहेको संस्थामा हाल १ करोड ५० लाख ५० हजार ६ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थामा हाल १८ लाख ३२ हजार ७१३ रुपैया नगद मौज्दात रहेको छ भने ५६ लाख ५ हजार १७१ रुपैया बैंक मौज्दात रहेको छ । संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज भट्टले गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.