खाेज्नुहाेस

कञ्चनपुरको वाणिबाट एक बालक बेपत्ता

Image

कञ्चनपुर – कञ्चनपुरबाट एक बालक बेपत्ता भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका २ वाणिबाट १४ वर्षिय बालक ओमप्रकाश जोशी बेपत्ता भएका हुन ।

navjiwan hospital

धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत जोशी आईतबार दिउँसोको समयमा साइकल हाइसमा राखेर महेन्द्रनगरतिर गएको सिसी क्यामेरामा देखिएको वाणी प्रहरीले बताएको छ । उनको मोबाइल ट्रयाक गर्दा आइतबार बेलुकी दोधाराचाँदनी क्षेत्रमा देखिएको थियो ।

attariya hospital

आइतबार दिउँसो खाना खाएर ‘एकै छिनमा आउँछु’ घरबाट निस्केका उनी घर नफर्केको आफन्तले बताएका छन् । ओमप्रकाशकी आमा सावित्री जोशीले प्रहरी चौकी वाणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएको जानकारी दिइन् । प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।