खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीको चर्को आलोचना 

Image


अत्तरिया – व्यवसायीले अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीको चर्को आलोचना गरेका छन । शुक्रबार अत्तरियामा भेला भएका व्यवसायीहरूले संघका पदाधिकारी नै नक्कली टिकट ठेली प्रकरणको ढाकछोप गर्न लागेको भन्दै चर्को आलोचना गरेका हुन । 

व्यवसायी नैन सिह कार्कीले नक्कली टिकट ठेली प्रकरणको जिम्मा संघका अध्यक्षले लिनुपर्ने बताए । राम्रा काम मैले गरेको हो मात्रै नभनी नराम्रा कामको पनि अध्यक्षले जिम्मा लिनुपर्ने बताए । संघका पुर्व उपाध्यक्ष समेत रहेका कार्कीले संघलाई पदाधिकारीहरुले राजनीति गर्ने थलो बनाएको बताए । 

attariya hospital

व्यवसायी गणेश महराले  अत्तरिया उद्योग वाणिज्य संघमा गैर व्यापारी हावी भएको बताए । उनले गैर व्यवसायीको समुह संघमा खेल्ने गरेको बताए । चुनावमा अत्याधिक खर्च गरेर जितेको समुहले चुनाव खर्च उठाउन अनियमितता गरेको उनको आरोप छ । 

व्यवसायी सन्तोष सिहले आफूलाई दोषी नभएको दावी गर्ने संघका पदाधिकारीले राजीनामा दिनुपर्ने बताए । उनले पदाधिकारीका रुपमा पनि बसिरहने र विरोध पनि गर्ने प्रवृत्ति उपयुक्त नभएको बताए । 

निर्माण व्यवसायी धर्म सिह कुँवरले महोत्सवको टिकटमा मात्रै नभएर कलाकार देखि रमाइलो मेलामा पनि अनियमितता भएको बताए । उनले संघका पदाधिकारीले संघको बेइज्जत गर्न थालेकाले व्यवसायीहरूले कानुनी प्रक्रियामा जानुको विकल्प नभएको बताए । 

navjiwan hospital

व्यवसायी वीर बहादुर चोखालले गलत काम गर्नेको अखडा अत्तरिया उद्योग वाणिज्य संघ बनेको बताए । उनले कमाउ धन्दामा लाग्ने नै संघमा पुगेकाले दोषी पत्ता लगाउन चुनौती भएको बताए । 

व्यवसायी मिना देउवाले समितिमा पारदर्शिता नभएको बताइन् । उनले अघिल्लो समितिमा आफू सदस्य हुँदा पनि कुनै पनि जानकारी नदिइने गरेको बताइन् । चुनाव जित्न पैसा खर्च गरेकाले स्वार्थ देखाउँदा अहिलेको नक्कली टिकट ठेली प्रकरण भएको उनले बताइन । 

व्यवसायी धना चोखालले  संघमा राजनीति नगरी निष्पक्ष छानविन गर्नुपर्ने बताइन् । उनले दोषीलाई कारवाहीको दायरामा ल्याउन व्यवसायी एकजुट हुनुपर्ने बताइन् । 

व्यवसायी गणेश बलायरले संघका बदमासी गर्नेलाई कानुनी दायरामा ल्याउन व्यवसायीले दवाव दिनुपर्ने बताए । उनले घटनालाई लुकाउने प्रयास भइरहेकाले त्यसलाई विफल बनाउन व्यवसायी एकजुट हुन आवश्यक रहेको बताए । 

शुक्रबार भेला भएका व्यवसायीले अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनका लागि दवाव दिन सघर्ष समिति गठन गरेका छन । गणेश बलायरको संयोजकत्वमा गठित संघर्ष समितिमा सहसंयोजकमा नैन सिह कार्की र सचिवमा धना देवी चोखाल रहेका छन ।  

समितिमा २० जना सदस्य रहेका छन । भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिमा धर्म सिह कुवर, सन्तोष सिह, टिकाराम आचार्य र गणेश महरा रहेका छन । अत्तरियामा पुस २६ देखि माघ ७ गते सम्म सञ्चालित महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली भेटिएका थिए ।