अत्तरिया – आज ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भागिदार बन्नु हो ।

हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ ।


















