कैलालीको एक घरमा आगलागी

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका-१ बसन्तगडाका २८ वर्षीय रामबहादुर कसेराको घरमा बिहीबार आगलागी भएको हो ।

maya metro hospital

कच्ची एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगलागी भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको र १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.