नारायणदत्त भट्टको उमेदवारी कायमै

 

धनगढी – राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ ।

maya metro hospital

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकोमा उनको उम्मेदवारी कायमै गरिएको हो । सत्तारूढ गठबन्धनकातर्फबाट अपाङ्गताता तर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन् ।

citizen security services

तर, भट्टको उम्मेदवारी कायम गरिएको निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेम भट्टले बताए । उनका अनुसार नारायणदत्त भट्टको उम्मेदवारी निर्वाचन अधिकृतले कानुन सम्मद रहेको भनेका हुन । नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता गरिएको थियो ।

attariya hospital

किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको थियो । तर, उनको अपाङ्गता परिचय पत्र किर्ते नभएको आयोगले ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.