काठमाडौँ – घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्म प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए ।

नेपाली फिल्म उद्योगमा प्रेमकथामा आधारित फिल्मको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने निर्माण गर्न लागिएको उनले बताए । फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहनेछ ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् ।
नरेन्द्र मैनालीको डीओपी रहने फिल्म मनीष गौतमले लेखेका हुन् ।



















