गोदावरीमा पुष २७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा पुष २७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

maya metro hospital

प्रतियोगितामा २१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत बिष्णु अवस्थीले बताए । उनले प्रतियोगिता सञ्चालनका लागि शिवराज भट्टराईको संयोजकत्वमा समिति पनि गठन गरिसकिएको बताए ।

citizen security services

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगिता पुस २९ गतेसम्म सरस्वती मावी गेटामा सञ्चालन हुने जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.