काठमाडौँबाट धनगढी उडेका जहाज सुर्खेतमा अवतरण By अत्तरिया अनलाइन On पुस २५, २०८० file photo धनगढी- काठमाडौँबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण भएका छन् । धनगढीका लागि उडेका बुद्ध र श्री एयरका जहाज सुर्खेतमा अवतरण भएका हुन् । १० बजेतिर धनगढी अवतरणको समय भएपनि खराब मौसमका कारण सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।