खाेज्नुहाेस

जिवनज्योतीले सञ्चालन गरेको महिलाहरुलाई चिया नास्ता बनाउने तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित महिलाहरुलाई चिया नास्ता बनाउने तालिम सम्पन्न भएको छ । युथ नेपालको आर्थिक सहयोगमा अत्तरियामा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाले आयोजना गरेको १० दिने उक्त तालिम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया रहेकी थिईन । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले विभिन्न संघसंस्थाहरु मिलेर नगरले नागरिकमुखी कार्य गरिरहेको बताए । उनले एनजिओ, आईएनजिओहरुसँगकै सहकार्यमा नगरमा विभिन्न विकास निर्माणका कार्यहरु पनि भैरहेका बताए । ‘नगरका शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा पनि हामीले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिरहेका छौ’ उनले भने ‘नगरका महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा संघसंस्थाहरुको भुमिका अझ महत्वपुर्ण बनेको छ ।’ उनले सहकारीहरुले धेरै कुरामा नगरलाई सहजता प्रदान गरेको बताए । उनले सहकारीहरुकै कारण महिलाहरु आत्मनिर्भर बन्न सकेको समेत बताए । उनले तालिममा सहभागीता जनाउने मात्रै नभई सिकेका सिपलाई सदुपयोग गर्ने कुरामा पनि ध्यान दिन सहभागीहरुलाई अनुरोध गरेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले सहकारीलाई जोगाउन गरेको मेहनतको फल सहकारीले देखाईरहेको बताईन । उनले सहकारीकै कारण पछिल्लो समय महिलाहरु रोजगार बन्दा खुसी लागेको बताईन । ‘यो सहकारी जोगाउन मरिमेटी लागेका थियाँै, विगतमा गरेको मेहनत अहिले देखिदैछ’ उनले भनिन् ‘अहिले सहकारीले संस्थामा आवद्ध महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगारमुखी बन्न सिकाउदैछ, यो एकदमै खुसीको कुरा हो ।’ उनले सहकारीलाई आगामी दिनहरुमा पनि साथ र सहयोग रहने बताईन ।

navjiwan hospital

maya metro hospital

गोदावरी नगरपालिकाभित्रका २० जना महिलालाई संस्थाले तालिम दिएको हो । १० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ । सानोतिनो व्यवसाय गरिरहेका तर व्यवस्थित व्यवसाय गर्न नसकेकाहरुलाई छनोट गरी तालिम दिन लागिएको सहकारीकी व्यवस्थापक क्षेत्रा साउँदले बताइन् ।

तालिमसँगै सहभागीहरुलाई चिया नास्ता सम्बन्धी सामग्रीहरु पनि प्रदान गरिएको थियो । संस्थाले प्रतिव्यक्ति २५ हजारका दरले २० जना महिलाहरुलाई सामग्री प्रदान गरेको तालिम व्यवस्थापक जगतराम थारुले बताए । उनले महिलाहरुलाई व्यवसायका लागि उक्त सामग्रीहरु सहयोग गरिएको बताए । ‘तालिम मात्रै दिएर भएन, कसरी व्यवसाय सुरु गर्ने भन्ने हुन सक्छ, आर्थिक अभाव हुन सक्ला, त्यसका लागि हामीले नगद नदिई एक जनालाई २५ हजार रुपैयाँको सिलिण्डर बाहेक ग्याँसचुलो, मम, चाट आदि पकाउने, खाने भाँडा दिन्छौँ’, उनले भने । तालिम व्यवस्थापक थारुले तालिमपछि उनीहरुले गरिरहेको व्यवसायको दुई वर्षसम्म निगरानी पनि गरिने बताए । ‘उहाँहरुलाई अब दुई वर्षसम्म निगरानीमा राख्नेछौँ, उनले भने, ‘व्यवसाय के–कस्तो भइरहेको छ, तालिम कत्तिको सफल भयो लगायतका विषयहरु अनुगमन गरिनेछन ।’

Karma Consultancy

तालिममा सहभागी निर्मला बोहराले तालिमले आफुहरुलाई व्यवसायीक बन्न सिकाएको बताईन । उनले तालिम एकदमै राम्रो भएको र धेरै कुरा सिक्ने मौका मिलेको बताईन । उनले संस्थाको उद्देश्य अनुसार नै आफुहरुले भविष्यमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रममा नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य ईश्वरी रावल, नगरपालिकाका कृषि शाखा प्रमुख दिव्यराज जोशी, रोजगार संयोजक रोहित जोशी, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहरा लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सहकारीकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।