खाेज्नुहाेस

चुरेका जनप्रतिनिधिले गरे बालविवाह निवारण गर्ने प्रतिवद्धता

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाका जनप्रतिनिधिले बालविवाह निवारण गर्ने प्रतिवद्धता गरेका छन । शुक्रबार चुरेमा आयोजित पालिका स्तरी पैरवी कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले सबै खाले बालहिंसा, बालश्रम र बालविवाह निवारणका लागि प्रतिवद्धता जनाएका हुन ।

navjiwan hospital

चुरे गाउँपालिकाको संगको समन्वयमा निड्स नेपालको सुदूरपश्चिममा वालविवाह निवारण परियोजनाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी, वडा अध्यक्ष, नगरका कर्मचारी लगायतको सहभागिता रहेको परियोजनाकी सामाजिक परिचालिका लक्ष्मी विकले बताइन् । उनले वालबाविवाह निवारणका लागि चुरेका ६ वटा वडामा रुपान्तरण कक्षा पनि संचालन भइरहेको बताइन् ।

attariya hospital

कार्यक्रममा चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले वालबालिकाका क्षेत्रमा पालिकाले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए भने सुदूरपश्चिममा वालविवाह निवारण परियोजनाका संयोजक टेक विकले बालविवाह निवारणका लागि गर्नुपर्ने नीतिगत सुधारका बारेमा जानकारी गराएका थिए । उनले परियोजना चुरे गाउँपालिका सहित सुदूरपश्चिममा १० पालिकामा संचालनमा रहेको बताए ।