खाेज्नुहाेस

गोदावरीका आधा वडा कार्यालय भाडाकै घरमा

Image

अत्तरिया – संघीयता पछि स्थानीय सरकार गठन भएको ६ वर्ष बितिसक्दा पनि अझै गोदावरीमा वडा कार्यालय भवन बन्न सकेका छैनन् । १२ वडा रहेको गोदावरीमा अझै पछि ६ वडा कार्यालय भाडामा सञ्चालित रहेका छन ।

६ वर्षको अवधिमा नगरका २ वडा कार्यालयका भवन मात्रै निर्माण सम्पन्न भएका छन भने ४ वडा कार्यालय पुराना गाविसका भवनमा सञ्चालित छन । वडा नम्बर १ र ९ को नयाँ भवन निर्माण गरिएको हो भने वडा नम्बर ५, ७, ८ र ११ पुराको गाविस भवनमा सञ्चालित छन । वडा नम्बर ५ तत्कालीन गेटा गाविस, वडा नम्बर ७ र ८ तत्कालीन श्रीपुर गाविस भवन र वडा नम्बर ११ तत्कालीन गोदावरी गाविसको भवनमा सञ्चालित छन ।

attariya hospital

हाल वडा नम्बर २, ३, ४, ६, १० र १२ भाडामा भवनमा सञ्चालित छन । वडा कार्यालय भवन निर्माणको लागि जग्गाकै जोहो नहुँदा भवन निर्माणमा ढिलाई भइरहेको नगरका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले वडा भवन निर्माणको लागि चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट १ करोड विनियोजन गरिएको भएपनि कुन वडाको भवन बनाउने भन्ने टुङ्गो नलागेको बताए ।

‘वडा कार्यालय भवन बनाउनको लागि १ करोड बजेट विनियोजन गरिएको हो । कुन वडा कार्यालय बनाउने भन्ने तोकिएको छैन’ उनले भने ‘हाल भवन नभएका वडा कार्यालयहरू संग आफ्नो जग्गा नभएकाले जग्गा किन्ने की भवन बनाउने टुङ्गो लागेको छैन ।’ उनले जुन वडामा जग्गाको व्यवस्थापन भयो त्यसै वडामा वडा कार्यालय बनाइने बताए ।

navjiwan hospital

वडा नम्बर २ का वडाध्यक्ष यज्ञ बहादुर महराले वडा कार्यालयले हालसम्म जग्गा पाउन नसकेको बताए । उनले वनको खाली जग्गामा वडा कार्यालय बनाउन खोज्दा विवाद भएको बताए । उनले वडा कार्यालय भवन बनाउनको लागि सार्वजनिक जग्गा नापी गरिएको भएपनि अझै भोगचलनमा आउन नसकेको बताए ।

maya metro hospital

वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थीले वडा कार्यालयको भवन निर्माणको लागि वनको खाली जग्गामा नापी गरेर वोर्ड लगाएको भएपनि भोगचलन नपाइएको बताए । उनले जग्गाको भोगचलनका लागि ४ महिना अघि मन्त्रालयमा पत्राचार गरिसकिएको बताए । ‘हाल वडा नम्बर ४ मा विवाद आएपछि अन्य वडामा पनि भवन बनाउन रोकिएको छ’ उनले भने ‘वडा नम्बर ४ को भवन बनेपछि ३ र ६ मा बनाउने कुरा थियो । वडा नम्बर ४ मै काम रोकिएपछि अरु वडाको प्रक्रिया अगाडी बढ्न सकेन ।’ उनले वडा कार्यालय बनाउनको लागि ४ बिगा जग्गा नापी गरेर भोगचलनको प्रक्रियामा रहेको बताए ।

वडा नम्बर ४ मा भोगचलन नलिइकनै वडा कार्यालय निर्माण सुरु गरिएपछि विवाद भएको थियो । वडा नम्बर ६ का वडा अध्यक्ष जग्गु राम चौधरीले भवन निर्माणको लागि बजेट छुट्याएको भएपनि जग्गा नहुँदा काम अगाडि नबढेको बताए । उनले सहरी क्निक बनेको जग्गामा वडा कार्यालय बनाउने भनेपनि जग्गाको भोगचनल नआएकोले काम अगाडि नबढेको बताए । उनले वडा नम्बर ४ को भवन बनेमा आफूहरूको वडा कार्यालय पनि बन्ने बताए ।

Karma Consultancy

वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष शेर बहादुर तामाङले वडा कार्यालय भवन बनाउनको लागि जग्गा खरिदको प्रक्रिया अगाडि बढेपनि बजेट अभाव भएको बताए । उनले वडा कार्यालय बनाउनको लागि ४० लाख विनियोजन गरिएको भएपनि जग्गा उपलब्ध नहुँदा काम अगाडि बढ्न नसकेको बताए ।

वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले वडा कार्यालय बनाउनको लागि जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको बताए । उनले वडामा विद्यालय मर्ज हुने प्रक्रियामा भएकाले सोही जग्गामा वडा कार्यालय बनाउने तयारी गरिरहेको बताए । हाल ६ वडा कार्यालयले मासिक १० देखि १५ हजार सम्म भाडा तिरिरहेका छन । नगरपालिकाले वडा कार्यालयको भाडाका लागि चालु आर्थिक वर्षमा १६ लाख ८० हजार बजेट विनियोजन गरेको छ ।