खाेज्नुहाेस

दार्चुला मालिकार्जुनको एक वडा बालविवाह मुक्त घोषणा

Image

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त घोषणा गरिएको वडा कार्यालयले बताएको छ ।

navjiwan hospital

‘मालिकार्जुन गाउँँपालिकाको शान : बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मालिकार्जुनलाई २०८२ भित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेको बताइएको छ ।

attariya hospital

स्थानीय रणनीति २०७६ लागु भएपछि मालिकार्जुनमा बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले पालिकामा २५.९६ प्रतिशत रहेको बालविवाह अहिले छ प्रतिशतमा झरेको बताए ।