बझाङको सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण

बझाङ – बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् ।

Karma Consultancy

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए ।

citizen security services

उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताए । उनीहरुलाई दावा साङगे शेर्पाले पथप्रर्दशन गरेका थिए ।

attariya hospital

५१ वर्षिय पल आरोहण नभएका हिमाल चढ्न रुचाउँछन । नयाँ नयाँ रुटबाट हिमाल आरोहण गरेर उनले चार पटक हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित अर्वाड ‘पायोलेट्स डिओर’ पाइसकेका छन् ।

सूर्मा सरोवर हिमाल आरोहणको क्रममा उनको एउटा औला हिउँले खाएको छ । पलले यसअघि पनि नेपालको जुगल लगायतका थुप्रै हिमालहरुको नयाँ रुटबाट सफल आरोहण गरिसकेका छन् । सूर्मा सरोवर हिमालको आरोहण गर्दा र यस क्षेत्रमा छ हप्ता विताउँदा अहिले सम्मकै नयाँ अनुभव भएको र यहाँको प्रकृतिमा रमाउन पाउँदा निकै रोमाञ्चित भएको उनले बताए ।

उनीसँगै हिमाल आरोहण गरेका स्कटल्याण्डका २६ वर्षिय आरोही टिम (तिमोथे) मिलर व्यावसायिक पर्वतीय गाइड हुन् । उनले पनि सन २०२२ मा नयाँमार्गबाट जुगल हिमाल आरोहण गरे वापत् पल सँगै ‘पायोलेट्स डिओर’ अवार्ड पाएका थिए ।

सूर्मा सरोवर हिमालको आरोहण पूर्व उनीहरुको टिमले बाटो पत्ता लगाउने क्रममा करिब तीन हप्ता साइपाल गाउँपालिकाको शालिमोर उपत्यकामा बिताएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.