एजेन्सी – भारत प्रशासित राज्य जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टरमा सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा भारतीय बोर्डर सेक्युरिटी फोर्स बीएसएफका जवानको मृत्यु भएको छ ।

बीएसएफले एक विज्ञप्ति जारी गर्दै जवानको मृत्यु भएको जानकारी दिएको हो ।

बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८–९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले बिना कारण र उत्तेजनाका गोलीबारी गरे, जसको बीएसएफ जवानहरूले जवाफ दिए । यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो ।’

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
