खाेज्नुहाेस

गाजामा इजरायली हमला, ३३ जनाको मृत्यु

Image

गाजा- गाजामा इजरायली हमलामा कम्तिमा पनि ३३ को मृत्यु भएको छ ।प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार गाजामा कम्तिमा तीनवटा आवासीय भवनहरु माथी भएको इजरायली हवाई हमलामा परी कम्तिमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो समाचार एजेन्सीका अनुसार सो क्रममा धेरैजना घाइते हुन पुगेका छन् ।

navjiwan hospital

रातभरको बन्दको अवस्थामा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । गाजा सहरको दक्षिणपूर्वमा रहेको अल जायटौन छिमेकमा रहेको अल नादिम परिवारको स्वामित्वमा रहेको चार तले घरमा इजरायली हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी बिना नै सो हमला गरिएको थियो ।

attariya hospital

उता नुसेरात शरणार्थी शिविरमा रहेको अल हुर परिवारको घरमा इजरायली हवाई आक्रमणमा परी अन्य आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। यसैगरी, दक्षिणी गाजामा अवस्थित खान युनिस शरणार्थी शिविरमा सत्री परिवारको घरमा विमानले बमबारी गर्दा तीन बासिन्दाको मृत्यु भएको थियो र अरू धेरै घाइते भएका थिए।

वाफा संवाददाताहरूका अनुसार हमयादा परिवारको घरमा भएको इजरायली हमला पछि एक बच्चा र पाँच महिला सहित १२ जनाको मृत्यु भएको छ । कतिजना घाइते भएका छन, त्यसको एकिन बिवरण नआईसकेको भए पनि दर्जनौंको संख्यामा घाइते भएको उनीहरुले जनाएका छन् ।