खाेज्नुहाेस

इजरालले गाजामा खसाल्यो ६ दिनमा ६ हजार बम

Image

गत शनिबारदेखि जारी इजरायल–हमास युद्धमा इजरायली सेनाले ६ दिनमा ६ हजार बम खसालेको छ । इजरायली सेनाले पछिल्लो ६ दिनमा गाजा क्षेत्रमा ६ हजार बम खसालेको जनाएको छ । अक्टोबर ७ मा हमास समूहले आक्रमण गरेपछि इजरायलले प्रतिआक्रमण सुरु गरेको छ ।

navjiwan hospital

इजरायली सेनाका अनुसार चार हजार टनका ६ हजार बम खसालेको जनाइएको छ । यो संख्या संयुक्त राज्य अमेरिकाले तालिबानलाई निशाना बनाउँदै अफगानिस्तानमा एक वर्षमा खसालेको बम बराबर भएको अलजजिराले जनाएको छ ।

attariya hospital

इजरायली सेनाले गाजाका नागरिकलाई घर छोडेर भाग्न चेतावनी दिएको छ । तर, गाजाबासीलाई घरमै बस्न हमास समूहले निर्देशन दिएको पनि इजरायली सेनाको आरोप छ ।

इजरालले सीमा क्षेत्रमा हजारौं सेनालाई तैनाथ गराएको छ भने आक्रमण निरन्तर जारी राखेको छ । गाजालाई पूर्णरुपमा नियन्त्रणमा लिने उद्देश्यले इजरायलले युद्धको घोषणासमेत गरिसकेको छ ।