अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ६.३ म्याग्निच्युडको भूकम्प गएकाे हाे।

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ। अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन्। आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएको छ।

घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ। गत साल जुनमा गएकाे भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो ।

















