राष्ट्रिय वाणिज्य बैंक अत्तरियाद्धारा सम्पत्ति लिलामीका लागि बोलपत्र आह्वान

अत्तरिया – राष्ट्रिय वाणिज्य बैंक अत्तरियाले सम्पत्ति लिलामीका लागि बोलपत्र आह्वान गरेको छ । बैंकले गैह्र सम्पत्ति शिर्षक अन्तरगत रहेको सम्पत्ति लिलामीका लागि बोलपत्र आह्वान गरेको हो ।

maya metro hospital

बैंकका शाखा प्रमुख गोबिन्द भट्टले यसअघिको लिलामी प्रकृयामार्फत बैंकको नाममा हुन आएको सम्पत्ति पुनः लिलामीका लागि बोलपत्र आह्वान गरिएको बताए । उनका अनुसार बैंकको नाममा टिकापुर, भजनी, चौमाला, मसुरिया र हसुलियामा रहको सम्पत्ति लिलामी गर्न लागिएको हो । बोलपत्रमा टिकापुरका रहेको सम्पत्तिको न्यूनतम मुल्य १ करोड ८ लाख चौरासि हजार तोकिएको छ भने चौमालामा रहेको सम्पत्तिको न्यूनतम मुल्य ६२ लाख २० हजार तोकिएको छ ।

joshi vada pasal 2

यस्तै मसुरियामा रहेको सम्पत्तिको ९२ लाख २० हजार ४ सय र हसुलियामा रहेको सम्पत्तिको ८४ लाख ५७ हजार ६५० रुपैया न्यूनतम मुल्य तोकिएको शाखा प्रमुख भट्टले बताए । बैंकको नाममा भजनीमा मात्रै ३ वटा सम्पत्तिहरु रहेको उनले बताए । उनका अनुसार भजनीमा रहेको तिन ओटै सम्पत्तिहरुको कुल न्यूनतम रकम रु. ३ करोड ६५ लाख ५४ हजार २५० रहेको छ ।

बैंकले सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.