बेलौरी – कञ्चनपुरको पुर्नवासबाट बरामद गरिएका बोइलर कुखुरा र ड्यु नष्ट गरिएको छ ।

आइतबार साँझ पुनर्वास नगरपालिका ४ “घ” गाउँमा सशस्त्र प्रहरीको बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको कुखुरा र ड्यु बरामद गरी नष्ट गरेको हो ।

बजार मूल्य ३३ हजार रुपैयाँ बराबरको ११० के.जी. प्रतिबन्धित बोइलर कुखुरा र रु १० हजार ८ सय मूल्य बराबरको १०८ लिटर ड्यु (पेय पदार्थ) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

















