बाजुरा – बाजुरामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

बडिमालिका नगरपालिका–१ सल्याना गाउँ निवासी १४ वर्षीया भावना कार्की आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि उनलाई जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले आइतबार राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















