दिपायलमा रहेको शिव शिखर सहकारीमा सिल

डोटी – डोटीको दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले संस्थालाई सिल गरेको हो ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमान्डौंको पत्रअनुसार शिव शिखर सहकारी संस्थाको दिपायल शाखा सिल गरिएको हो ।

joshi vada pasal 2

यसअघि शिव शिखर सहकारी संस्थाले आफूहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा बचतकर्ताहरूले जाहेरी दिएका थिए । शिव शिखरबाट ठगिएको भए जाहेरी दिन प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना नै जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.