धनगढी – कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो आयोजना हुनेभएको छ । हार्डवेयरको व्यापार प्रवर्धन र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हार्डवेयर एक्सपो आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।


हार्डवेयर एक्सपो आगामी असोज १० देखि १४ गतेसम्म धनगढीको सौँराइ स्क्वायरमा आयोजना हुने आयोजक कैलाली हार्डवेयर सङ्घले जनाएको छ । हार्डवेयर एक्सपोमा स्वदेशी तथा विदेशी कम्पनीको उत्पादन बारेमा विस्तृत जानकारी दिने सङ्घका अध्यक्ष कुवेरबहादुर शाहीले बताए ।

उनका अनुसार प्रदर्शनीमा निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआई तार, सेनेट्री टायल्स तथा होम डेकोरका लागि चाहिने सबै सामानहरू राखिनेछ । यी वस्तुहरूको गुणस्तर र मूल्यबारेमा प्राविधिक पक्ष हेर्ने इन्जिनियर, आर्किटेक्ट्स, इन्टेरियर डिजाइनरले अवलोकनकर्तालाई जानकारी दिइने जनाएको छ ।
