खाेज्नुहाेस

नेपालमै पहिलोपटक टीकापुुरको केरा खेतीमा पानामा (टिआर– ४) रोग भेटियो

Image

नेपालमा  पहिलो  पटक  केरामा  ‘पानामा’  रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ ।

नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको हो । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार ‘पानामा’ (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो । यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने अन्यत्र पनि सर्न सक्ने र यसले केरा उत्पादनमा निकै प्रभाव पार्न सक्छ ।

attariya hospital
navjiwan hospital

यो  माटोमा  बस्ने  ढुसी  भएका  कारण  एक  ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान,  व्यापारी  तथा  अन्य  सरोकारवाला  सचेत  रहनुपर्ने आवश्यकता देखिएको उनले बताए । ‘पानामा’ (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आव्रmमण गर्ने गरेको वैज्ञानिकले जनाएको बताउँदै महानिर्देशक केसीले यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र  पात  सुकेर  डाँठ  भाँचिने  गरेको  वैज्ञानिकको  अनुसन्धानबाट देखिएको बताए ।

केराको थाम चिरेर भित्र हेर्दा खैरो गानाबाट माथिसम्म  फैलिएको  देखिन्छ  ।  त्यसका  जराहरू  काला हुन्छन्, सड्छन् र बिस्तारै केराको बोट नै ढल्ने गरेको महानिर्देशक केसीले बताए । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक  डा.  रामबहादुर  खड्काले  ‘पानामा’  रोग  फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्ने गरेको  बताए  ।  यो  ढुसीका  चार  वटा  रेस  (प्रजाति) हुन्छन् । तीमध्ये रेस २ र ३ जङ्गली जातको केरामा  लाग्ने  गरेको  अनुसन्धानबाट  देखिएको  उनले बताए । नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा  रेस  १  लाग्ने  गरेको  र  केही  वर्षदेखि  चितवनलगायत अन्य क्षेत्रमा यो रोग देखिन थालेको थियो । उनका अनुसार रेस ४ लाई टिआर–४ भनेर चिनिन्छ, त्यो रोगलाई टीकापुर क्षेत्रमा पिसिआरका साथै जिन सिक्वेस्सिङ विधिद्वारा पत्ता लगाउन मात्र सकिएको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र  सुदूरपश्चिम  विश्वविद्यालय  कृषि  सङ्कायको  टोलीले यो रोगका बारेमा जानकारी पाएपछि टीकापुर क्षेत्रमा लगाएको केरा खेती अवलोकन गरेको थियो । अवलोकन गर्दा ‘पानामा’ रोगसँग मिल्दोजुल्दो लक्षण  देखिएपछि  प्रयोगशालामा  कल्चर  गर्दा  ‘फ्युजारिय  अक्सिस्पोरियम  क्युवेन्सी’का  बीजाणु  भेटिएको थियो ।

गोरखापत्रबाट